
पश्चिमी सैन्य गठबन्धन नेटोले युक्रेन युद्धलाई लम्ब्याइरहन चाहेको टर्कीका परराष्ट्रमन्त्री मेभुत काभुसोग्लुले बताएका छन् ।
उनका अनुसार, इस्तानबुल वार्तापछि रुस र युक्रेनले युद्धविराम गर्ने अपेक्षा टर्कीले गरेको तर ब्रसेल्समा नेटो मुलुकहरूका परराष्ट्रमन्त्रीको बैठकपछि सबै कुरा बदलिएको थियो ।
‘नेटो मुलुकहरू यो युद्ध जारी रहेको हेर्न चाहन्छन् । उनीहरू रुसलाई कमजोर बनाउन चाहन्छन्,’ काभुसोग्लुले जोड दिए ।
रुस र युक्रेनबीचको सम्झौता विफल हुने र बेलायतले युक्रेनलाई हतियार सहयोग गरिरहने भनी वार्ताको अघिल्लो दिन बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बताएका थिए ।
युक्रेनले रुसको शर्त मान्दै तटस्थ रहने बताएलगत्तै जर्मनी र अमेरिकाले किएभलाई हतियार आपूर्ति गरेका थिए ।