२९ जेठ २०८३, शुक्रबार

प्रधानमन्त्री देउवासँग डब्ल्यूएचओका महानिर्देशकको शिष्टाचार भेट

प्रधानमन्त्री देउवासँग डब्ल्यूएचओका महानिर्देशकको शिष्टाचार भेट
तस्वीरः रासस

प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम ग्रेबेयससले शिष्टाचार भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डा. ग्रेबेयससले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै त्यतिबेला डब्ल्यूएचओले नेपाललाई खोप वितरण गरी महत्त्वपूर्ण सहयोग गरेकामा उनीप्रति आभार पनि व्यक्त गरे । 

प्रधानमन्त्री देउवाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पनि महानिर्देशक डा. टेड्रोसलाई आग्रह गरे । 

महानिर्देशक डा. टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा खुशी व्यक्त गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिइन् । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा महानिर्देशक डा. टेड्रोस तीन दिने भ्रमणमा बिहीवार नेपाल आएका हुन् । नेपाल भ्रमणमा रहँदा आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले भेटवार्ता गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्