१७ असार २०८३, बुधबार

कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याएको भन्दै ओलीले १७ जनालाई गरे सम्मान [सूचीसहित]

कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याएको भन्दै ओलीले १७ जनालाई गरे सम्मान [सूचीसहित]

नेकपा (एमाले)ले नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर १७ जना कम्युनिस्ट योद्धालाई सम्मान गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एक कार्यक्रमको आयोजना गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनलाई विभिन्न कालखण्डमा सहयोग पुर्‍याउने योद्धाहरूलाई सम्मान गरेका हुन् ।

यसरी सम्मानित हुनेमा कास्कीका स्वतन्त्र वामपन्थी नेता टेकनाथ बराल रहेका छन् ।

त्यसैगरी काठमाडौंकी नानीमैयाँ नकर्मी, अर्घाखाँचीका नेत्रप्रसाद ढुंगाना र तुलसी मिश्र, गोरखाका कुमार गुरुङ रहेका छन् ।

ललितपुरका चतुर व्यञ्जनकार, भारतीय कम्युनिस्ट पार्टीका सदस्य लिएर पछि नेकपाको सदस्यता लिने हरिप्रसाद शर्मा काफ्ले, बाग्लुङका वसन्त गौचनलाई पनि सम्मान गरिएको छ ।

जनवादी गायक रामकृष्ण दुवाल, सिन्धुपाल्चोकका छत्र बोहोरा, नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष माधवप्रसाद अधिकारी, चुमकला बञ्जाडे, लक्ष्मीराज जोशी, अमर कार्की, धनुषाका फोटो पत्रकार विष्णु डंगोल, कुमारीदेवी महरा चमार, झापाका भीमबहादुर खतिवडालाई कम्युनिस्ट योद्धाको रूपमा सम्मान गरिएको छ ।

एमालेले सो कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्