
पेप्सीले नेपालका युवाहरुलाई आफ्नो नयाँ प्रचार अभियान सार्वजनिक गरेको छ ।
यस अभियानले ब्राण्डको स्वाएग दर्शनलाई पुनःदर्शाउने कम्पनीले जनाएको छ ।
अभियान अन्तर्गत कम्पनीले सुपरस्टार तथा ब्राण्ड सद्भाव दूत प्रदीप खड्का अभिनित एक बहुरङ्गी टिभिसि विज्ञापन सार्वजनिक गरेको हो
जुन विज्ञापनले पेप्सीको पहिचान स्वाएगका साथमा अभिनेता खड्काको रमाइलो पक्ष र चतुर्याईंलाई प्रस्तुत गरेको छ ।
यो नयाँ विज्ञापन पनि हर घुँटमा स्वाएग छ कै विस्तारित रुप हो र यसले पेप्सी सद्भाव दूत खड्कालाई गर्मीको दिनमा काठमाडौंको एउटा स्थानमा साथीहरुसंग खाना खाइरहेको देखाउँछ ।
साथीहरु सबैले हातैले खाना खाइरहेको देखेर भर्खरै विदेशबाट फर्किएको एकजना साथीले उनीहरु सबै बाहिरी दुनियाँसंग साक्षात्कार हुनु पर्छ भन्दै आफ्नो रवाफ देखाउँछ ।
उसले कति वर्ष बितिसक्दा पनि उनीहरुले अझै टेबुल शिष्टाचार सिक्नै बाँकी रहेको बताउँछ ।
यो सबै सुनेपछि प्रदीपले चिस्सो पेप्सी बोतलबाट एक घुँट पिउँदै स्वाएग लिएर साथीमा अहिले पनि पहिले झैं सबैलाई सताउने बानी बाँकी नै रहेको सुनाउँछ ।
यसैमा विज्ञापन नयाँ पेप्सी बोतलमा गएर रोकिन्छ र पृष्ठभूमिमा हर घुँटमा स्वाएग छ को धून गुञ्जिरहन्छ ।
विज्ञापन शुभारम्भको अवसरमा पेप्सीको नेपाल क्षेत्रको सिनियर मार्केटिङ्ग डाइरेक्टर नसीब पुरिल पेप्सीले शुरु गरेको यस गर्मी मौसमको प्रचार अभियानले युवाहरुको स्वाएगलाई प्रतिबिम्बित गर्ने बताए ।
प्रचार अभियानको बारेमा आफ्नो धारणा राख्दै ब्राण्ड एम्बेसेडर प्रदीप खड्काल ब्राण्डको कठोर अवस्थाले यसलाई आजका युवाहरुसँग अत्यन्त सान्दर्भिक बनाइदिएको बताए ।
पेप्सी नेपालका सबै आधुनिक डिपार्टमेन्टल स्टोरहरु तथा परम्परागत पसलहरुका अलावा इ–कमर्स प्लेटफर्महरुमा समेत एकजनालाई र धेरैजनालाई पुग्ने प्याकहरुमा उपलब्ध छ ।