११ असार २०८३, बिहीबार

उत्तर कोरियालाई क्षेप्यास्त्र परीक्षण गर्नबाट रोक्न सक्ने भएपनि किन मौन रह्यो अमेरिका ?

कात्तिक २०, २०७४
उत्तर कोरियालाई क्षेप्यास्त्र परीक्षण  गर्नबाट  रोक्न   सक्ने भएपनि  किन मौन रह्यो अमेरिका ?

काठमाडौं, २८ असार — उत्तर कोरियाले अमेरिकाको स्वतन्त्रता दिवस अर्थात् जुलाई ४ मा पहिलोपटक अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । अमेरिकाका जासूसी अधिकारीहरूले किम जोङ–उनले चुरोट पिएको अनि ७० मिनेटसम्म क्षेप्यास्त्र प्रहार गर्ने ठाउँमा घुमेको देखेका थिए ।


यो जानकारी द डिप्लोम्याट पत्रिकामा काम गर्ने अंकित पान्डालाई एक स्रोतले बताएका थिए ।

अमेरिकालाई उत्तर कोरियाले अन्तर्महादेशीय क्षेप्यास्त्र बनाउने अन्तिम चरणमा पुगेको पहिल्यै थाहा थियो । अनि उत्तरले अमेरिकाको स्वतन्त्रता दिवसमा उसलाई सन्देश पठाउने गरेको पनि थाहा थियो ।

उसलाई त यसपालीको क्षेप्यास्त्र पहिले देखेको भन्दा फरक हो भन्ने पनि थाहा थियो अनि यसलाई आफ्ना हतियारले बीचमै ध्वस्त पार्न सकिन्छ भन्ने पनि थाहा थियो ।

सबभन्दा महत्त्वपूर्ण कुरा त अमेरिकाले एक घन्टाभन्दा बढी समयसम्म किमको क्रियाकलाप हेर्ने मौका पाएको थियो तैपनि केही गरेन ।

क्षेप्यास्त्र उडाउने क्षेत्रमा किम उपस्थित थिए । अनि भोलिपल्ट अमेरिका र दक्षिण कोरियाले हतियारको भारी प्रदर्शन पनि गरे । यसबाटै प्रमाणित हुन्छ, उनीहरूले उत्तर कोरियालाई क्षेप्यास्त्र प्रहार गर्नबाट रोक्न सक्थे तर उनीहरू हात बाँधेर बसे ।

किमलाई उत्तर कोरियाको अहिलेसम्मको सबभन्दा उत्तेजकमध्येको एक क्षेप्यास्त्र परीक्षण गर्दा आफूहरूले हेरेको थाहा दिएर अमेरिकाले दुईवटा शक्तिशाली सन्देश दिएको हुनसक्ने सुरक्षाविज्ञ रोजर बेकरले बताए ।

‘पहिलो त उनीहरूले किमलाई सजिलै मार्न सक्थे तर मारेनन्,’ बेकर भन्छन् । यो विदेशमन्त्री रेक्स टिलरसनको भनाइ अनुरूप नै छ । उनले ‘किमलाई होशमा ल्याउने हो, घुँडा टेकाउने हैन’ भनेका थिए र अमेरिकाको अन्तिम लक्ष्य उत्तरको सत्तापरिवर्तन होइन भनेका थिए ।

तर किमको सत्तालाई सुरक्षित राख्नका लागि नै उत्तर कोरियाले लामो दूरीको आणविक हतियार बनाइरहेको हो ।

अमेरिकाले किमलाई मार्ने आफ्नो उद्देश्य होइन भनी देखाएमा क्षेप्यास्त्र कार्यक्रम जारी राख्नुको आवश्यकता नरहेको सन्देश दिन सकिने बेकर बताउँछन् ।

दोस्रो कुरा चाहिँ क्षेप्यास्त्र कार्यक्रम जारी राखेमा अमेरिकाले त्यसलाई अनि किमलाई पनि आक्रमण गर्न सक्छ, बेकर भन्छन् । उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गर्ने ठाउँ परिवर्तन गरिरहेर लुकाउन खोजेपनि अमेरिकाले उत्साहपूर्वक त्यसलाई पत्ता लगाउँछ र भिडियो खिच्छ । भिडियोमा किम प्रहार गर्ने ठाउँमा उभिरहेका भेटिन्छन् ।

किमलाई सिध्याएर  उत्तर कोरियाबाट विनाश गराउनुभन्दा अमेरिकाले यस्तो सन्देश दिन खोजेको हुनुपर्छ : सत्ता जोगाउनु छ भने किमले घरैभित्र बसिरहनुपर्छ र खतरनाक रकेट इन्जिनहरूसँग खेल्नु हुँदैन किनकि तिनीहरू पड्किन सक्छन् ।

बिजिनेस इन्साइडरबाट

salt training

कमेन्ट गर्नुहोस्