०५ असार २०८३, शुक्रबार

बेलायतले गुरिल्ला तालिम दिन युक्रेनमा प्रशिक्षक पठाएको रुसको दाबी

बैशाख ११, २०७९
बेलायतले गुरिल्ला तालिम दिन युक्रेनमा प्रशिक्षक पठाएको रुसको दाबी

बेलायतले युक्रेनको लभिभ नजिक गुरिल्ला युद्ध, विध्वंस तथा कू गराउन सिकाउने प्रशिक्षकहरू पठाएको रुसी विशेष बलका एक सदस्यले आरआईए नोभोस्ती समाचार संस्थालाई बताएका छन् । 

बेलायतको स्पेसल एयर सर्भिसका लगभग २० जनाले युक्रेनी विशेष सैन्य बललाई युक्रेनमा रुसले नियन्त्रणमा लिएको क्षेत्रमा विध्वंसकारी गतिविधि गराउन प्रशिक्षण दिनेछन् । 

युक्रेनी सुरक्षा बलको एक स्रोतबाट यससम्बन्धी डेटा पाइएको रुसी सेनाका स्रोतको भनाइ छ । 

युक्रेनको ब्रोडीमा रहेको युक्रेनी वायुसेनाको ब्रिगेडमा दुई समूहमा बेलायती प्रशिक्षकहरू हेरफोर्डबाट ल्याइएका हुन् । प्रत्येक समूहमा आठदेखि १० जना छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्