३१ असार २०८३, बुधबार

बुल्गेरियाले दिन मानेन युक्रेनलाई हतियार

बैशाख ११, २०७९
बुल्गेरियाले दिन मानेन युक्रेनलाई हतियार

नेटोको सदस्य मुलुक बुल्गेरियाले युक्रेनलाई हतियार आपूर्ति गर्न नमानेको ब्लूमबर्ग पत्रिकाले खबर दिएको छ । 

युरोपेली मुलुकहरूले दबाब दिएको भए पनि बुल्गेरियाले आधिकारिक रूपमै हतियार आपूर्तिलाई अस्वीकार गरेको हो । 

हतियार आपूर्ति गर्न खोज्दा सरकारमा रहेका प्रभावशाली व्यक्तिहरूले नै चित्त नबुझाएकाले सत्तारूढ गठबन्धनले आपूर्ति रोकेको हो । 

बुल्गेरियामा कालाश्निकोभ राइफल र गोलीगट्ठा उत्पादन गर्ने गर्छ । तर उसले युक्रेनलाई हेल्मेट र बडी आर्मर मात्र दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्