३१ असार २०८३, बुधबार

निर्वाचनको सुरक्षाका लागि ४ वटै सुरक्षा निकायका प्रमुखको बैठक

बैशाख ११, २०७९
निर्वाचनको सुरक्षाका लागि ४ वटै सुरक्षा निकायका प्रमुखको बैठक

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाको लागि ४ वटै सुरक्षा निकायका प्रमुखबीच छलफल भएको छ ।

आज (आइतवार) प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक यदुलाल खरेलले स्थानिय निर्वाचनको सुरक्षाका विषयमा छलफल गरेको जनसम्पर्क निर्देशलनालय जङ्गी अड्डाले जनाएको छ । 
 
स्थानीय तह निर्वाचन-२०७९ स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न सरकारबाट सुरक्षा निकायहरूलाई प्राप्त जिम्मेवारीहरू आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लगायतका विषयहरुमा छलफल सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्