१२ असार २०८३, शुक्रबार
स्थानीय तह निर्वाचन

मनोनयनको अन्तिम दिन आज, गठबन्धन र एमालेसहितले उम्मेदवारी दर्ता गराउने

बैशाख १२, २०७९
मनोनयनको अन्तिम दिन आज, गठबन्धन र एमालेसहितले उम्मेदवारी दर्ता गराउने

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमवार उम्मेदवारी मनोनयनको अन्तिम दिन हो । 

आइतवार मनोनयन गर्न बाँकीहरूले आज (सोमवार) उम्मेदवारी मनोनयन गर्दैछन्

निर्वाचन आयोगले आइतवार र सोमवारका लागि उम्मेदवारी मनोनयनको कार्यतालिका सार्वजनिक गरेको थियो । 

सोही अनुरुप आइतवार करीब १० हजार उम्मेदवारहरूले मनोनयन दर्ता गराएका थिए । 

सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आइतवार उम्मेदवारी दर्ता गराएनन् ।

उनीहरूले आज उम्मेदवारी दर्ता गराउने गरी छलफलमा जुटेका छन् । 

एमालेले पनि अधिकांश स्थानमा आजै उम्मेदवारी दर्ता गराउँदैछ ।

आइतवार विशेषगरी स्वतन्त्रतर्फका उम्मेदवार तथा साना राजनैतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका थिए । 

आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनका लागि समय छुट्ट्याएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्