२४ जेठ २०८३, आइतबार

ट्युवलाइट फ्लप भएपछि सलमानका बाबु छोरा तनावमा, वितरकलाई पैसा दिने

कात्तिक २०, २०७४
ट्युवलाइट फ्लप भएपछि सलमानका बाबु छोरा तनावमा, वितरकलाई पैसा दिने
सलमान खान अभिनीत ट्युबलाइट फिल्मले भारतीय फिल्म उद्योगमा तहल्का मच्चाउने अनुमानहरु गरिएको थियो ।

यस वर्षको इदको अवरमा रिलिज भएको फिल्ममले सलमानलाई पछिल्ला दश वर्षमा फ्लप बनाएको छ ।
। पछिल्लो केही वर्षयता सलमानका जस्ता फिल्म पनि सुपरहिट हुन्थे । तर, ट्युबलाइट फ्लप भयो ।

फिल्म फ्लप भएपछि ट्युबलाइटका वितरकहरू सलमानसँग पैसा फिर्ता माग्न उनको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्टमा पुगेको समाचारहरु भारतीय सञ्चार माध्यममा छाएका छन् ।

फिल्म फ्लप भएपछि सलमान दुखि भएका छन् भने सलिमको निराश मुद्राको फोटो हालेर समाचार प्रकाशन गरेका छन् ।

सलमानका बाबु सलिमले आफूहरू वितरकको पैसा फिर्ता गर्ने निर्णयमा पुगेको बताएको दाबी मिडियाको छ । सलिमले हालै एउटा अन्तर्वार्तामा ट्युबलाइटबाट जुनजुन वितरकलाई जतिजति पैसा नोक्सान भएको छ, त्यो सबै फिर्ता गर्न सलमान र सोहेल तयार रहेको जानकारी दिएका हुन् ।

वितरकले ट्युबलाइटबाट आफूहरूलाई झन्डै ७५ करोड भारु घाटा लागेको बताउने गरेका छन् । तर, सलमान भने घाटाको ३० देखि ३५ प्रतिशत रकम मात्र फिर्ता गर्न चाहन्छन् । त्यसकारण कुरा मिलिनसकेको बताइन्छ ।

ट्युबलाइटले अहिलेसम्म भारतमा झन्डै एक सय १५ करोड भारु मात्र व्यापार गरेको देखिन्छ । सलमानका बाबु सलिमले फिल्म अझै पनि केही हलमा चलिरहेको र पूरा हिसाब आएपछि मात्रै वितरकलाई पैसा फिर्ता गरिने जनाएका छन् ।

सलिमले ट्युबलाइट निकै गम्भीरताका साथ निर्माण गरिएको दाबी गर्दै आइरहेका छन् । ‘छोराहरूले कुनै बेइमानी नगरीकन फिल्म बनाएका हुन्,’ उनले भनेका छन्, ‘हेरेका जति दर्शकले फिल्म एकदम मन पराए । तर, व्यावसायिक रूपमा अपेक्षा पूरा गरेन । कहिलेकाहीँ यस्तो हुन्छ ।’ सलिमले राज कपुरको ‘मेरा नाम जोकर’ र गुरुदत्तको ‘कागज के फूल’ फिल्मले पनि ट्युबलाइटको झैँ नियति भोगेको उदाहरण दिएका छन् । उनले भनेका छन्, ‘सबै कुरा समयको खेल हो ।’

करिब ९० करोड भारुमा बनेको ट्युबलाइटले हिट कहलिन कम्तीमा दुई सय करोड भारुको व्यापार गर्नुपर्दथ्यो । तर, अहिलेसम्म एक सय १५ करोड भारुमै अड्किरहेको छ ।

फिल्म व्यापार विज्ञ कोमल नाहाटाले पनि सलमान वितरकको डुबेको पैसा फिर्ता गर्न तयार भएको उल्लेख छन् । उनले ट्विटमार्फत सलमानको यो कुरा खोलेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्