२६ जेठ २०८३, मंगलबार

अमेरिकाका परराष्ट्रमन्त्री र रक्षामन्त्रीले भेटे जेलेन्स्कीलाई

बैशाख १२, २०७९
अमेरिकाका परराष्ट्रमन्त्री र रक्षामन्त्रीले भेटे जेलेन्स्कीलाई

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले किएभमा अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिनसँग आइतवार भेटघाट गरेका छन् । 

जेलेन्स्कीका सल्लाहकार ओलेक्सी आरेस्टोविचका अनुसार, रुसले युक्रेनमाथि आक्रमण गरेपछि पहिलोपटक जेलेन्स्कीले अमेरिकाका शीर्ष अधिकारीहरूसँग प्रत्यक्ष भेटघाट गरेका हुन् ।

‘अमेरिकीहरू आज किएभमा छन् । अहिले उनीहरू राष्ट्रपतिसँग कुराकानी गरिरहेका छन् । हामी रुसविरुद्ध लड्न नसक्ने हो भने बुचाको जस्तो घटना दिनदिनै हुनेछ,’ उनले बताए । 

उक्त भेटघाटमा युक्रेनी सेनालाई थप हतियार दिने सहमति बनेको छ । अमेरिकाले युक्रेनलाई थप ७० करोड डलर सहायता गर्नेछ । 

युक्रेनको मरिउपोल बन्दरगाह रुसको नियन्त्रणमा पुगेको तथ्यले अमेरिका र नेटोका सदस्य मुलुकहरूलाई चिन्तित तुल्याएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन् । यस घटनाक्रमले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको योजना सफल भएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्