
दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखमा हेमराज शर्मा ‘डायमण्ड’ र उपप्रमुखमा भुपबहादुर डाँगीले मनोनयन दर्ता गरेका छन् ।
५ दलीय गठबन्धनको निर्णयअनुसार प्रमुखमा नेकपा माओवादी केन्द्रबाट शर्मा र नेपाली कांग्रेसको तर्फबाट उपप्रमुखमा भुपबहादुर डाँगीले मनोनयन दर्ता गरेका हुन् ।
उपमहानगरपालिकाको १९ वडामध्ये नेपाली कांग्रेसले १३, माओवादी केन्द्रले ४ र एकीकृत समाजवादीले २ वडाध्यक्षमा मनोनयन दर्ता गर्ने सहमति भएको थियो ।