
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार उच्च अंकले ओरालो लागेको छ ।
आइतवार उच्च अंकले उकालो लागेको नेप्से परिसूचक सोमवार सोही रूपमा ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.९५ अंकले ओरालो लागेर २ हजार ३८६.०१ मा ओर्लेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ६.१९ अंकले ओरालो लागेर ४५४.६९ मा ओर्लेको छ । कूल २३९ कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर २ अर्ब ४ करोड २२ लख ५३ हजार १८२ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सोमवार २ उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल तथा पर्यटन ४.०४ र सामूहिक लगानी कोष ०.१३ अंकले उकालो लागेको छ ।
बैंकिङ १६.५, व्यापार ९.०९, विकास बैंक ८६.८७, जलविद्युत् ५१.९१, वित्त २६.६१, निर्जीवन बीमा १५०.०९, उत्पादन ५४.२५, अन्य ४२.४१, लघुवित्त ७६.८६, जीवन बीमा १९९.३१ र लगानी १.५८ अंकले ओरालो लागेको छ । सोमवारको कारोबारपछि बजार पुँजीकरण ३३ खर्ब ९४ अर्ब ९ करोड ५१ लाख ६७ हजार ६२ रुपैयाँ बराबर पुगेको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । कम्पनीको ८ करोड ११ लाख ९१ हजार ८२४ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट ६ करोड ६२ लाख ८ हजार १६४, हिमालयन डिस्टिलरी ६ करोड ४३ लाख २४ हजार ३९४, अपी पावर कम्पनी ५ करोड ६८ लाख १५ हजार ८३० र एनआईसी एशिया बैंक ५ करोड ३८ लाख ६७ हजार ६६३ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्त ९.९९, सिद्धार्थ इक्विटी फण्ड ४, एनआईबीएल प्रगति फण्ड ३.७१, आरबीबी म्युचुअल फण्ड एक ३.७०, सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.५६ प्रतिशतले कमाए । सेन्ट्रल फाइनान्स ५.३३, रसुवागढी हाइड्रोपावर ४.८०, न्यादी हाइड्रोपावर ४.७२, सामलिङ पावर कम्पनी ४.४६ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.३४ प्रतिशतले गुमाए ।