२८ असार २०८३, आइतबार

सिन्धुपाल्चोकको चौतारामा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

बैशाख १२, २०७९
सिन्धुपाल्चोकको चौतारामा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

सिन्धुपाल्चोकको चौतारा साँगाचाेकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । 

टिकट पाउने र नपाउने पक्षबीच झडप हुँदा साँगाचोकगढी निर्वाचन कार्यालयमा तनावग्रस्त स्थिति उत्पन्न भएको छ । झडपकाे क्रममा नगरपालिका ताेडफाेड समेत भएकाे छ ।

चौतारा साँगाचाेकगढीकाे वडा नम्बर १ र १४ काे वडा अध्यक्ष एकीकृत समाजवादीलाई दिएपछि टिकट नपाउने माओवादी केन्द्रका कार्यकर्ताले नगरपालिका ताेडफाेड गरेका हुन् । 

झडपका कारण मनोनयन दर्ता प्रक्रिया समेत केहीबेर अवरुद्ध भएको सिन्धुपाल्चाेकका प्रहरी उपरिक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियाे । 

अहिले भने अवस्था नियन्त्रणमा आएकाे र उम्मेदवारी मनाेनयन धमाधम भइरहेकाे यादवले बताए ।

चौतारा साँगाचोकगढी–११ र १४ को वडाध्यक्ष नेकपा (एस)लाई दिएपछि माओवादी कार्यकर्ताहरूले आक्रोशित हुँदै निर्वाचन कार्यालय तोडफोड गरेका थिए । जसकारण कार्यालयका सीसाहरू पनि फुटेका छन् । ३० मत पनि नभएको नेकपा (एस)लाई वडाध्यक्ष दिएको भन्दै माओवादी कार्यकर्ताहरू आक्रोशित भएका थिए ।

चौतारा साँगाचाेकगढीका प्रमुख अमानसिंह तामाङलाई टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि उनी माओवादी केन्द्र छाडेर एमालेबाट मेयरको उम्मेदवार हुन खोजेका थिए । तर, माओवादी केन्द्रका नेताहरुले तामाङलाई मेयरको टिकट दिने आश्वासन दिएर एमाले प्रवेशबाट रोकेका थिए । 
तर, अन्तिममा माओवादी केन्द्रले तामाङलाई टिकट नदिएर कृष्णप्रसाद सापकोटालाई टिकट दिएको छ । 

सापकोटा प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटाका भाइ पर्ने व्यक्ति हुन् । 

salt training

कमेन्ट गर्नुहोस्