काठमाडौंँ, २९ असार - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्थानीय तहको चुनावमा भाग लिने सङ्केत गरेको छ । राजपाले तत्काल संविधान संशोधन नभए पनि आन्दोलनकारीमाथि लागेका मुद्दा फिर्ता, पक्राउ परेकाको रिहाइ, पीडितलाई क्षतिपूर्ति र अपाङ्गता भएकाको व्यवस्थापन तथा जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या थप भए चुनावमा भाग लिने सङ्केत गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार साँझ भएको वार्तामा सत्तारुढ दलले संविधान संशोधन हुन नसक्ने अवस्थाका विषयमा जानकारी दिएका थिए । यद्यपि सत्तारुढ दलका नेताले संविधान संशोधनका लागि प्रयास भने जारी राख्ने आश्वासन राजपा नेतालाई दिएका छन् ।
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले दुई नम्बर प्रदेशको चुनावमा भाग लिने सङ्केत गर्दै त्यसका लागि सरकारले वातावरण बनाउनुपर्ने बताए, गोरखापत्रमा खबर छ ।