काठमाडौं, २९ असार - सरकारको नेतृत्व गरिरहेको प्रमुख दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार बेहोरेपछि नेतृत्वको चर्को आलोचना भइरहेको छ ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको एकलौटी तथा अदुरदर्शि ढंगले अघि बढ्ने क्रियाकलापले आउँदो निर्वाचनमा पनि कांग्रेसले अनपेक्षित हार बेहोर्नुपर्ने सो पार्टीभित्रै अनुमान गर्न थालिएको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।