
अस्ट्रेलिया, २९ असार — प्राडा कविताराम श्रेष्ठद्वारा लिखित ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’ नामक बुद्धको जीवनीमा आधारित पहिलो वैज्ञानिक अनुसन्धानात्मक उपन्यासको अंग्रेजी संस्करण लाइट अफ द हिमालयजको लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठद्वारा बुधवार विमोचन गरिएको छ ।

विमोचनको क्रममा पुस्तकको प्रचारप्रसार सहायक सामग्रीहरू सहभागीहरूलाई वितरण पनि गरिएको थियो ।
६ बाई ९ साइजको ३८४ पृष्ठ लामो अंग्रेजी संस्करणको यो पुस्तक २०१७ मा प्रकाशित गरिएको हो ।
यो पुस्तक अमेजन बुक स्टोरहरूमा उपलब्ध छ भने अनलाइनमार्फत पनि किन्न सकिन्छ ।
लेखक लुम्बिनी–कपिलवस्तु दिवस अभियान विश्व कार्य समितिका सल्लाहकार मण्डलका सदस्य पनि हुन् । 
पुस्तक विमोचनको क्रममा अभियानका विश्व संयोजक श्रेष्ठले लेखकको साहित्य र कलाकारिता क्षेत्रमा मात्रै नभएर अभियानलाई विश्वव्यापी बनाउने काममा पनि विशेष योगदान रहेको चर्चा गरे ।
कार्यक्रममा डीकिन युनिभर्सिटीमा मेकानिकल इन्जिनियरिङमा मास्टर्स गरिरहेका सम्भव भट्टराईले ‘जहाँ छन् बुद्धका आँखा’ गीत गाएका थिए ।