
नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि ट्युसनबारे कटाक्ष गरेका छन् ।
बुधवार महामन्त्री थापाले एमाले अध्यक्ष केपी शर्मा ओलाीलाई बालकोटमा गएर ‘ट्युसन पढाउँछु’ भनेका थिए ।
सोही विषयलाई लिएर एमाले स्थायी कमिटी सदस्य तामाङले थापालाई ‘ट्युसन फी चाहिँ के दिने होला’ भन्दै कटाक्ष गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले केही दिनअघि कांग्रेसको घोषणापत्रलाई ‘पागलहरूको प्रलाप’ को संज्ञा दिएका थिए ।
सोही विषयलाई लिएर दुई पार्टीका नेताहरूबीच कटाक्ष चलिरहेको छ ।
सोही सन्दर्भमा एमाले स्थायी कमिटी सदस्य तामाङले ट्युसन फी बापत थापालाई के दिने भन्ने विषय सामाजिक सञ्जालमा बिहीवार लेखेका छन् ।
यस्तो छ उनको स्टाटस