०९ असार २०८३, मंगलबार

आइएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

बैशाख १५, २०७९
आइएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गरेको छ ।

कार्यक्रममा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समितिको गठन समेत भएको छ । 

कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको शेयर जारी गर्ने प्रस्ताव पारित गरी आइएमई लाइफ इन्स्योरेन्स र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्नगाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गरिएको छ ।

सभामा बोल्दै सभाका सभापति एवम् संचालक समितिका अध्यक्ष डा. अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धि साक्षरताको अभाव रहेको बताए ।

कम्पनीले बीमा सम्बन्धि जानकारी, जनचेतना र बीमाको पहुँच न्यूनभन्दा न्यून आयस्रोत भएका जनमानसमा पुर्‍याउन कटिबद्ध रहेको अध्यक्ष अर्यालले बताए ।  

salt training

कमेन्ट गर्नुहोस्