
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटनबर्ग युक्रेन पुगेका छन् ।
उनले सो कुरा ट्वीट गरेर जनाएका छन् ।
उनले ट्वीटमा भनेका छन्,' म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु ।'
बुधबार ट्वीट गरेर उनले सो कुरा जानकारी दिएका विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
उनले युक्रेनमा रहँदा पछिल्ला केही हप्तायता रुसले गरेको आक्रमणबाट भएको क्षतिका साथै युक्रेनको अवस्थाको बारेमा जानकारी लिनेछन् ।
राष्ट्रसंघीय महासचिव गुटनबर्गले युक्रेनमा रहँदा यहाँका द्धन्द्धग्रस्त क्षेत्रहरुको भ्रमण गरी यहाँ आवश्यक मानवीय क्षतिको अनुगमन गरी ती क्षेत्रका नागरिकको उद्धारका लागि सहयोग गर्ने बताएका छन् । उनले जतिसक्दो चाँडो युक्रेन युद्धको अन्त्य हुनुपर्ने पनि ट्वीटमा बताएका छन् ।
महासचिव गुटनबर्ग हालैमात्र रुसको भ्रमणमा गएका थिए । त्यस भ्रमणका क्रममा उनले युक्रेनसँग कूटनीतिक वार्ता गरेर छिट्टै समस्याको समाधान निकाल्न र युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेको पनि बताएका थिए ।