२४ जेठ २०८३, आइतबार

बच्चा बचाउन आमाले यस्तो जोखिम मोलिन् (भिडियो)

बैशाख १५, २०७९
बच्चा बचाउन आमाले यस्तो जोखिम मोलिन् (भिडियो)

कुनै जोखिममा फसेका आफ्नो बच्चालाई जीवन दिन आमाले के के गर्न सक्छिन् ? वा के समेत गर्छिन् ? यो भन्न निकै कठिन हुन्छ । 

यहाँ एक यस्तो भिडियो सार्वजनिक भएको छ, जसले जोकोहीलाई भावुक नबनाउला भन्न सकिन्न । 

यो भिडियो केही समय पूरानो भिडियो हो । तर सामाजिक सञ्जालमा अहिलेसम्म पनि निकै भाइरल भइरहेको छ ।

भियतनाममा भएको घटना भिडियोमा देखाइएको छ । 

क्रिकेटर जोफ्रा आर्चरले ट्वीटमा यो भिडियो शेयर गरेका छन् । 

भिडियोमा एक बाइकमा युवक, बच्चा तथा बच्चाको आमा यात्रा गर्दै हुन्छन् । त्यत्तिकैमा अर्को बाइकसँग त्यो बाइक टक्कर मार्छ । 

त्यसपछि बच्चा र आमा दुवै सडकमा पल्टिन्छन् । उताबाट ट्रक आइहाल्छ । ट्रकले बच्चालाई किच्न सक्नेसम्मको अवस्था आउँछ । तर उसकी आमाले आफूपनि पल्टैँदै दुर्घटना हुनबाट जोगाउँछिन् । 

धेरैले उनको यो साहसको प्रशंसा गरिरहेका छन् । सामाजिक सञ्जालमा अहिलेसम्म पनि यो भिडियो भाइरल भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्