
बलिउड अभिनेता शाहरुख खानलाई गुजरात हाइकोर्टले राहत दिएको छ ।
फिल्म रइसको प्रोमोशनको क्रममा भएको भागदौडमा एक व्यक्तिको मृत्यु भएको घटनामा अभिनेता खानले राहत पाएका हुन् ।
ती युवकको मृत्युपछि खानविरुद्ध उजुरी परेको थियो । जसलाई अहिले अदालतले खारेज गरिदिएको छ ।
न्यायाधिश निखिल करिएलले खानको पक्षमा फैसला सुनाएका हुन् ।