०५ साउन २०८३, मंगलबार

राष्ट्रिय पौडी प्रतियोगिता यसै महिना

बैशाख १५, २०७९
राष्ट्रिय पौडी प्रतियोगिता यसै महिना

नेपाल पौडी सङ्घको आयोजनामा २४ औँ खुला तथा उमेर समूह पौडी प्रतियोगिता हुने भएको छ ।

यही वैशाख २२ र २३ गते हुने उक्त प्रतियोगिताको खेल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुनेछ । 

प्रतियोगितामा कूल २३ विधामा प्रतिस्पर्धा हुने आयोजक सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा महिला र पुरुष गरी करिब १५० खेलाडीको सहभागिता रहने छ । प्रतियोगिता हङ्गेरीमा हुने १९आँै विश्व पौडी प्रतियोगिता, पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र चीनमा हुने एसियन गेम्सलाई  मध्यनजर गरी आयोजना गर्न लागिएको सङ्घले जनाएको छ ।

यस प्रतियोगितामा १९ औँ विश्व पौडी प्रतियोगिताको अन्तिम तथा एसियाली खेलका लागि पहिलो चरणको छनोट प्रतियोगितासमेत रहेको सङ्घले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्