०५ असार २०८३, शुक्रबार

न्यादीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा

बैशाख १५, २०७९
न्यादीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा
प्रतिकात्मक तस्वीर

न्यादी आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीले निर्माण गरेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली केही दिनदेखि प्रसारण लाइनमा जोडिएको हो । 
      
आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यका अनुसार नेपाल विद्युत् प्राधिकरणद्वारा ५ दिनदेखि बिजुली उत्पादन परीक्षण गरेसँगै ५ दिनअघिदेखि राष्ट्रिय प्रसारण लाइनमा आयोजनाको बिजुली जोडिएको छ ।

प्राधिकरणले गत ६ गते मंगलवारदेखि ३ दिनसम्म सुक्खा परीक्षण र २ दिन चलाएर नै परीक्षण गरेको थियो ।

सफल परीक्षण भएपछि राष्ट्रिय प्रसारण लाइनमा जोडिन सफल भएको छ । नदीमा पर्याप्त पानी नहुँदा दैनिक १० देखि १५ मेगावाट मात्र बिजुली उत्पादन भइरहेको आयोजना प्रमुख अमात्यको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्