२८ जेठ २०८३, बिहीबार

मोरङमा एक उम्मेदवारको मृत्यु

बैशाख १६, २०७९
मोरङमा एक उम्मेदवारको मृत्यु

मोरङको केराबारी गाउँपालिकामा वडा सदस्य पदका उम्मेदवारको मृत्यु भएको छ । 

नेपाली कांग्रेसबाट केराबारी गाउँपालिका–२, नम्बर वडामा सदस्य पदमा उम्मेदवारी दिएका नवीन लिम्बुको आज (शुक्रवार) बिहान मृत्यु भएको हो  । 

बिहीवार चुनावी अभियान सकेर घरमै बसेका लिम्बु शुक्रवार बिहान अचानक बेहोस भएर ढलेको परिवारले जनाएको छ । उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको परिवारको भनाइ छ । 

मृत्युको कारण खुलेको छैन । शव पोष्टमार्टमका लागि पठाइएको मोरङ प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्