०४ असार २०८३, बिहीबार

तनहुँमा ११० को उम्मेदवारी फिर्ता, एक हजार ६४० कायम

बैशाख १६, २०७९
तनहुँमा ११० को उम्मेदवारी फिर्ता, एक हजार ६४० कायम

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा ११० जनाको उम्मेदवारी फिर्ता भएको छ । विभिन्न पार्टी र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका ११० जनाले आज उम्मेदवारी फिर्ता लिएका हुन् । 

तनहुँमा एक हजार ७५० उम्मेदवारले उम्मेदवारी दर्ता गरेकामा फिर्तापछि अब एक हजार ६४० उम्मेदवार कायम भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार व्यास नगरपालिकामा १८, आँबुखैरेनी गाउँपालिकामा पाँच, देवघाट गाउँपालिकामा चार, घिरिङ गाउँपालिकामा एक, ऋषिङ गाउँपालिकामा तीन, म्याग्दे गाउँपालिकामा एक, बन्दीपुर गाउँपालिकामा १२, शुक्लागण्डकी नगरपालिकामा ३७, भिमाद नगरपालिकामा नौ, भानु नगरपालिकामा २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । 

    व्यास नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट प्रमुखका उम्मेदवार शङ्करनारायण श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । यसैगरी स्वतन्त्र रुपमा प्रमुखमा उम्मेदवारी दिएका वृषराज श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका छन्। व्यास नगरपालिकामा एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन बनेको छ । 

    नेकपा एसले व्यास–२ का वडाध्यक्षमा राजकुमार श्रेष्ठलाई समर्थन गर्ने बताएको छ । नेकपा एसका वडाध्यक्षका उम्मेदवार प्रेमकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । भानु नगरपालिकामा नेकपा (एमाले)का बागी उम्मेदवार हरि पाण्डेले उम्मेदवारी फिर्ता लिँदै आधिकारिक उम्मेदवार सीताराम बजगाइँलाई समर्थन गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्