१७ असार २०८३, बुधबार

अफगानिस्तानमा इद मनाउन उच्च सुरक्षा सतर्कता

बैशाख १८, २०७९
अफगानिस्तानमा इद मनाउन उच्च सुरक्षा सतर्कता

मुस्लिम धर्माबलम्बीहरूको प्रमुख पर्व इद अल फितरको अवसरमा अफगानिस्तानमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । पछिल्ला केही हप्तादेखि हिंसात्मक घटनाहरू बढ्दै गएकाले सुरक्षा सतर्कता बढाइएको सरकारी अधिकारीहरूले जनाएका छन् । 

विषेश गरेर मस्जिदमा प्रार्थना गरेपछि विस्फोटनका घटनाहरू हुने गरेको पाइएको छ । ती घटनामा परी केहीको मृत्यु पनि भएको छ भने केही घाइते भएका छन् । तत्कालीन विद्रोही तालिवानले सत्ता कब्जा गरेर सरकार चलाउन थालेपछि मुुलुकमा शान्ति कायम हुने अपेक्षा गरिएपनि फेरि हिंसात्मक घटना बढ्न थालेका छन्  ।

अफगानिस्तानमा फेरि हिंसात्मक घटना बढ्न थालेमा अफगानी नागरिकसँगै विश्वभरबाट चिन्ता व्यक्त भइरहेको छ । देशमा सुरक्षा सतर्कता बढाउने क्रममा तालिवानका शीर्ष नेता र सरकारका उच्च पदाधिकारीहरूको सुरक्षामा विषेश ध्यान दिइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्