
सुनचाँदी बजारमा सोमवार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेर ९८ हजार २०० रुपैयाँ तोकिएको छ ।
पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार सोमवा। तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ५०० रुपैयाँ थियो ।
सोमवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार २९० रुपैयाँमा आएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमवार सुन प्रतिऔंस १ हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ ।