०५ असार २०८३, शुक्रबार

सांसद्ले भने, ‘सोमलाल सुवेदी विस्तारवादी र साम्राज्यवादीको दलाल’

कात्तिक २०, २०७४
सांसद्ले भने, ‘सोमलाल सुवेदी विस्तारवादी र साम्राज्यवादीको दलाल’
काठमाडौं २९ असार– नेपाल सरकारको मुख्य सचिवको जागिर छाडेर एसियाली विकास बैंकको जागिर खान गएको भन्दै संसदमा मुख्य सचिव डा सोमलाल सुवेदीको आलोचना भएको छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सुवेदीलाई विस्तारवादी र साम्राज्यवादीको दलालको आरोप लगाएका छन् । सुवेदीले विदेशमा नोकरी खान जाने निर्णय गरेकै दिन उनलाई बर्खास्त गर्नुपर्ने उनले बताए ।

‘मुख्य सचिव त देशभक्त होइन–होइन विस्तारवादी र साम्राज्यवादीको दलाल हो । त्यसैले तल्लो तहको काममा गएको हो’ उनले भने, ‘उसलाई विदेशी नोकरीमा पठाउने टुलुटुलु हेरेर पठाउने सरकारका मन्त्रीहरु दोषी हुन् । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्छ ।’

एमाले सांसद् रेवतीरमण भण्डारीले पनि प्रशासनिक प्रमुख जस्तो व्यक्ती तीन तह मुनीको जागिर खान गएर देशको इज्जत फालेको भन्दै संसदमा विरोध जनाए । मुख्यसचिव सुवेदीले राजीनामा नगरी सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको भन्दै उनले आपत्ति जनाए ।

salt training

कमेन्ट गर्नुहोस्