१४ असार २०८३, आइतबार

बसोबास गरेकै ठाउँबाट मतदाता नामावलीमा नाम लेखाउने व्यवस्था गर्न संसदमा माग

कात्तिक २०, २०७४
बसोबास गरेकै ठाउँबाट मतदाता नामावलीमा नाम लेखाउने व्यवस्था गर्न संसदमा माग
काठमाडौं २९ असार– बर्षातका कारण मतदाता नामावलीमा नाम लेखाउन सदरमुकाम जान सम्भव नहुने भन्दै बसेकै ठाउँबाट मतदाता नामावलीमा नाम लेखाउने व्यबस्था गर्न संसदमा माग उठेको छ ।

व्यबस्थापिका संसदको बिहीवार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बसोबास गरेकै ठाउँबाट मतदाता नामावलीमा नाम लेख्ने व्यबस्था गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।

‘हिजोको जस्तै जो मान्छे जहाँ बसेको छ त्यहीबाट नामावलीमा नाम लेखाउने व्यबस्था गर्नु माग गर्छु’ खतिवडाले भने, ‘बर्षातका कारण सदरमुकाम जान झन्झट हुन्छ ।’ आयोगले साउन १ गतेदेखि मतदाता नामावलीमा नाम लेखाउने काम गर्दैछ ।

‘विदेशमा बस्ने नेपालीको नाम छुटेको छ, सम्बन्धीत देशका दुतावासमा आएर नाम लेखाउने र गाउँमा गएर मतदान गर्ने व्यबस्था मिलाओस्’ उनले भने, ‘वडामा निर्वाचनका कर्मचारी पठाएर नोमिनेसन गर्ने दशदिन अघिसम्म नामावली लेखाउने व्यबस्था गर्नुपर्छ ।’

आयोगले यसअघि बसोबास गरेको ठाउँबाटै मतदाता नामावलीमा नाम लेखाउने व्यबस्था गरेको थियो । ‘बर्षातको समयमा सदरमुकाम पुग्नु पर्ने व्यबस्थाले मतदातााई अप्ठेरो पर्छ । इन्टरनेटको व्यबस्था छ, जनतालाई दुख दिने काममा आयोग लाग्नु हुदैन’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्