०२ साउन २०८३, शनिबार

ओली झापा जाँदै, यस्तो छ कार्यक्रम

बैशाख २०, २०७९
ओली झापा जाँदै, यस्तो छ कार्यक्रम

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाने भएका छन् । गृह जिल्लासमेत रहेको झापामा चुनावी सभालाई सम्बोधन गर्न ओली बिहान १० बजे जाने भएका हुन् । 

 नेता इन्द्र भण्डारीका अनुसार अध्यक्ष ओलीले जिल्लाको भद्रपुर, विर्तामोड र धुलाबारीमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । 

स्थानीय तह निर्वाचन आउन भने १० दिन बाँकी छ । अध्यक्ष ओलीलाई गृह जिल्लामा निर्वाचन जिताउन पाँच दलीय गठबन्धन र राप्रपाका कारण चुनौती थपिँदै गएको छ। 

salt training

कमेन्ट गर्नुहोस्