२३ जेठ २०८३, शनिबार

चितवनका ३१ स्थानमा देखियो बर्डफ्लू

बैशाख २०, २०७९
चितवनका ३१ स्थानमा देखियो बर्डफ्लू

कुखुरापालनको राजधानीका रूपमा चिनिएको चितवनमा पछिल्लो चार महिनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखा परेको छ । 

माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको हो ।

अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा. प्रभाष न्यौपानेले जानकारी दिए । 

उनका अनुसार ब्रोइलर ६४६, कडकनाथ ८९६,  हाँस ३५ नष्ट गरिएको छ । बर्डफ्लुका कारण जिल्लामा एक लाख ७८ हजार २२६ अण्डा, ६२ हजार ९२० किलोग्राम दाना, ५८ हजार २२० थान क्रेट, ६ हजार टर्की ब्रिडिङ अण्डा, प्यारेन्ट ब्रोइलर तीन हजार ४७६ वटा, एक हजार ३८० वटा गिरीराजको अण्डा, एक हजार ५०० थान काटुन, ६६० थान डाला र ४० किलोग्राम तयारी मासु नष्ट गरिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । 

पूर्वी क्षेत्रमा बर्डफ्लुको बढी असर देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्