बेलायती प्रधानमन्त्री बोरिस जोनसनले मंगलवार युक्रेनका लागि थप ३०० मिलियन पाउण्ड (३७६ मिलियन डलर, ३५८ मिलियन युरो) को सैन्य सहायताको घोषणा गर्नेछन् ।
'जब मेरो देशले दोस्रो विश्वयुद्धको समयमा आक्रमणको धम्कीको सामना गर्यो, हाम्रो संसद- तपाइँको जस्तै - द्वन्द्वभर जारी रह्यो,' उनले भनेका छन्, 'ब्रिटिश जनताले यस्तो एकता र संकल्प देखाए कि हामीले हाम्रो सबैभन्दा ठूलो खतराको समयलाई हाम्रो उत्कृष्ट समयको रूपमा सम्झन्छौं । यो युक्रेनको उत्कृष्ट घडी हो, तपाईंको राष्ट्रिय कथाको एक महाकाव्यात्मक अध्याय हो जुन आउने पुस्ताले सम्झिनेछ र सम्झाइनेछ ।'
नयाँ सैन्य समर्थन, जसमा इलेक्ट्रोनिक युद्ध उपकरण, एक काउन्टर ब्याट्री रडार प्रणाली, जीपीएस जामिङ उपकरण र हजारौं रात्रिकालीन दृष्टि उपकरणहरू समावेश हुनेछन् । -रासस-एएफपी