२३ असार २०८३, मंगलबार

त्रिभुवन विमानस्थलमा फेला परेन बम, अवस्था सामान्य

बैशाख २१, २०७९
त्रिभुवन विमानस्थलमा फेला परेन बम, अवस्था सामान्य
फाइल तस्वीर।

बम राखिएको फोन आएपछि आतंक मच्चिएको त्रिभुवन विमानस्थलको अवस्था अहिले सामान्य बनेको छ । 

नेपाली सेनाको बम डिस्पोजल टोली, कुकुरसहित अनुसन्धान गर्दा पनि कतै बम फेला नपरेपछि विमानस्थल पुनः सामान्य अवस्थामा फर्किएको विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । 

उनका अनुसार पाकिस्तानबाट १०ः४५, ४६ र ५१ मिनेटमा फोन आएको थियो । हिन्दी भाषामा बोलेका ती व्यक्तिले आन्तरिक टर्मिनलमा बम राखेको भन्दै फोन गरेका थिए । 

त्यसपछि लगत्तै आन्तरिक उडानका सबै यात्रुहरूलाई बाहिर निकालिएको थियो । अहिले सामान्य भए पनि थप अनुसन्धान भने जारी रहेको महाप्रवन्धक ठाकुरले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्