०३ साउन २०८३, आइतबार

के पूनम पाण्डे दोस्रो बिहे गर्दैछिन् ?

बैशाख २१, २०७९
के पूनम पाण्डे दोस्रो बिहे गर्दैछिन् ?

भारतीय नायिका पूनम पाण्डे केही दिनअघिसम्म रियालिटी  शो लक अपमा व्यस्त थिइन् । 

तर यतिखेर उनी  शोबाट बाहिरिसकेकी छन् । 

उनी अब बिग बोस १५ मा सहभागी हुन सक्ने बताइएको छ । यद्यपी यो उनको इच्छामात्रै नहोला भन्न पनि सकिन्न । 

पूनमको निजी जीवनबारे धेरैलाई थाहा नहुन सक्छ । पूनमले धेरै पहिले विवाह गरेकी थिइन् । तर उनी र उनको पति सेम बोम्बेबीच सम्वन्ध राम्रो रहन सकेन । पूनमले पतिलाई कुटपिट तथा हिंशा गरेको आरोप लगाइन् र सम्बन्ध विच्छेद गरिन् । 

उनले अहिले दोस्रो विवाह गर्छिन् की गर्दिनन् भन्ने चासो बलिउड जगतमा छ । 

बलिउड लाइफलाई कुराकानीका क्रममा पूनमले अहिले त्यस्तो कुनै सोच नभएको बताएकी छन् । 

उनले अहिले आफ्नो साथमा जो भएपनि म खुशी हुन नसक्ने बताएकी छिन् । 

salt training

कमेन्ट गर्नुहोस्