
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको टोखा स्थित मालपोत कार्यालयको मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
तिवारीले २० हजार रुपैयाँ घुस लिएको भन्दै आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पुर्जा बनाउने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको अवस्थामा वैशाख ४ गते उनलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो।