
आर्थिक वर्ष २०७४/०७५ मा नगरपालिकाले वडा नम्बर २ मा पर्ने पैदल बाटोमा पक्की सिँढी निर्माण गर्ने गरी विनियोजन भएको रकम हिनामिना गरेको भन्दै उनीहरू विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको हो ।
वडा नम्बर २ स्थित अदालत चोकदेखि प्रशासनसम्मको सडक निर्माणको कार्यमा सब-इन्जिनियर तथा इन्जिनियरले वास्तविक कार्यभन्दा बढी कार्य भएको देखाई तयार पारेको नापी किताबमा प्रमुख प्रशासकीय अधिकृत सारुले सही गरी नापीको विवरणमा सहमति जनाएको अभियोगपत्रमा उल्लेख छ।
त्यसैगरी असिस्टेन्ट सव-इञ्जिनियर हस्त बहादुर मल्ल र इञ्जिनियर महेश सिंह कठायतले फिल्डमा कम काम भएकोमा बढी काम भएको भनी नापी किताबमा मूल्यांकन गरी झुठ्ठा नापजाँच विवरण चढाई गलत सिफारिस गरी २९ लाख ७७ हजार ८२१ रुपैयाँ भुक्तानी गरिएको अभियोगपत्रमा उल्लेख छ।
उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्नादेवी हमालले गैरकानूनी लाभहानी पुर्याउने बदनियतले बास्तविक रुपमा भएको कार्यभन्दा बढी मूल्याङ्कन गराई भुक्तानी लिएको खुलेको अख्तियारले जनाएको छ।