३१ जेठ २०८३, आइतबार

बर्दियामा सडक दुर्घटना हुँदा १ जनाको मृत्यु

बैशाख २१, २०७९
बर्दियामा सडक दुर्घटना हुँदा १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

बर्दियाको ठाकुरबाबा नगरपालिका–२ मा ट्रक र ईरिक्सा एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गमा समान दिशातर्फ गइरहेका रा१क १८३ नम्बरको ट्रक र भे१स ९५६२ नम्बरको ईरिक्सा ठाकुरबाबा नगरपालिका–१ सिंह बाहिनीचोक नजिक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिका–२ रानीपुर बस्ने पिउली धितालको दिउँसो २ बजे मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

ट्रक चालक दाङको तुलसीपुर उपमहानगरपालिका–४ का वसन्त नेपाली र ईरिक्साका चालक ठाकुरबाबा नगरपालिका–८ का दीपेन्द्र विकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्