काठमाडौँ, ३० असार- चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) आफैँले नियम मिचेर एमबिबिएस अध्ययनका लागि विद्यार्थी भर्ना गरेको छ । आइओएममा एमबिबिएस अध्ययन गर्न ८८ प्रतिशत अंक ल्याउनुपर्छ । तर, आफैँले बनाएको नियमविपरीत उसले ७० प्रतिशत अंक ल्याउने विद्यार्थीलाई भर्ना गरेको छ । भर्ना भएका विद्यार्थीको नाम अझै खुलाइएको छैन ।

महाराजगन्ज मेडिकल क्याम्पसका स्ववियु सभापति मिलन गैरेले एमबिबिएसमा ९० प्रतिशत अंक ल्याउने विद्यार्थी ‘वेटिङ’मा हुँदाहुँदै ७० प्रतिशत अंक ल्याउने विद्यार्थी भर्ना गर्नु आपत्तिजनक भएको बताए । चिकित्सा शिक्षा सुधार गर्ने भनेर लागेको आइओएम आफैँले नियम मिचेर विद्यार्थी भर्ना गर्दा थप बेथिति बढ्ने उनको भनाइ छ, नयाँ पत्रिकामा खबर छ ।