१५ असार २०८३, सोमबार

एमाले निष्कर्ष, ‘पार्टीको अडान सही ठहरियो, संशोधन विधेयक फिर्ता लिइयोस्’

कात्तिक २०, २०७४
एमाले निष्कर्ष, ‘पार्टीको अडान सही ठहरियो, संशोधन विधेयक फिर्ता लिइयोस्’
काठमाडौं, १९ पुस – नेकपा एमालेले प्रदेशको सीमाङ्कन सम्बन्धमा पार्टीले राखेको अडानलाई सर्वोच्च अदालतको फैसलालले सही रहेको पुष्टि भएको ठहर गरेको छ ।


पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा मंगलवार बसेको नेकपा एमालेको स्थायी समितिको बैठकले पार्टीको अडानकै पक्षमा सर्वोच्चको फैसला आएको बताएको हो ।

संविधान संशोधनका विषयमा अदालतले गरेको निर्णयलाई आफूहरूले मान्ने बताउँदै एमालेले अब सरकारले पनि सहमतिको लागि प्रस्तावलाई फिर्ता लिएर मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिएको छ ।

बैठकले फैसला आफ्नो पार्टीले लिएको अडानको पक्षमा रहेको ठहर गरेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन् ।

एमाले स्थायी समिति बैठकले संसद् अवरोध जारी राख्ने या खुलाउने भन्ने विषयमा कुनै निर्णय गरेको छैन ।
एमाले सचिव पृथ्वीसुब्बा गुरुङले विपक्षी नौ दलसँग छलफल गरेर ठोस निर्णयमा पुगिने बताए ।

संशोधन विधेयकविरुद्ध एमालेसहितका नौ दल एक ठाउँमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्