
ज्योतिष शास्त्रका अनुसार अशुभ ग्रह, प्रतिकूल ग्रहयोगबाट बच्न शान्ति, दान, कवच धारण, रत्न धारण एवम् रुद्राक्ष धारण गर्नु आवश्यक हुन्छ ।
त्यसो भए कुन ग्रहका कस्तो रुद्राक्ष धारण गर्ने त ? यो आलेखमा कुन ग्रहका लागि कस्तो रुद्राक्ष धारण गर्ने भनेर उल्लेख गरिएको छ ।
सूर्यः सूर्यका लागि एकमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
चन्द्रमाः चन्द्रमाका लागि दुईमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
मंगलः मंगल ग्रहका लागि तीनमुखे एघारमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
बुधः बुधका चारमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
बृहस्पतिः बृहस्पति ग्रहका लागि पाँचमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
शुक्रः शुक्र ग्रहका लागि छमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
शनिः शनि ग्रहका लागि सातमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
राहुः राहु ग्रहका लागि आठमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
केतुः केतु ग्रहका लागि नौमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
अशुभ योगका बेला यस्ता रुद्राक्ष धारण गर्दा लाभदायक हुन्छ । कालसर्प दोषः आठ एवम् नौमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
शकट योगः दुई एवम् दशमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
केमद्रुम योगः दुईमुखे रुद्राक्ष सेता धागोमा बाँधेर हरेक सोमबार लगाउन गर्नुहोस् ।
ग्रहण योगः सूर्य ग्रहण योगका लागि एकमुखे, आठमुखे या नौमुखे रुद्राक्ष रातो धागोमा बाँधेर आइतबार लगाउने गर्नुहोस् । यस्तै चन्द्र ग्रहण योगका लागि दुईमुखे, आठमुखे, या नौमुखे रुद्राक्ष सेतो धागोमा बाँधेर लगाउने गर्नुहोस् ।
मंगल दोषः एघारमुखे रुद्राक्ष रातो धागोमा बाँधेर मंगलबारका दिन लगाउने गर्नुहोस् ।