२३ असार २०८३, मंगलबार

इटहरी बजारमा आगलागी, साढे ६ करोड बराबर क्षति

कात्तिक २०, २०७४
इटहरी बजारमा आगलागी, साढे ६ करोड बराबर क्षति

काठमाडौं, ३० असार– सुनसरीको इटहरी उपमहानगरपालिकामा बिहीबार राति भएको आगलागीबाट साढे ६ करोड बराबरको क्षति भएको छ ।

इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा गएराति १२ः३० तरि आगलागी भएको थियो । स्थानीय युवराज कार्कीले सञ्चालन गरेको मार्वल, टायल र सेनिटरीका सामग्री भएको पसलमा विद्युत सर्ट भएर आगो सल्किएको जनाइएको छ ।

आगलागीबाट पसलमा रहेका सबै सामग्री जलेर नस्ट भएका छन् । आगलागीबाट मानवीय क्षति भने हुन पाएन ।

आगो निभाउन इटहरी, धरान, विराटनगर र इनरुवाबाट दमकल मगाइएको थियो । सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासीको सक्रियतामा शुक्रबार बिहान आगो नियन्त्रणमा आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्