भदौ ७, २०७८
मेष आज तपाईंको प्रयास पारिवारिक र व्यापार गतिविधिहरू सुचारु रूपमा मिलाउनको लागि हुनेछ । यसको साथसाथै धार्मिक र आध्यात्मिक गतिविधिहरूमा पनि बढ्ने प्रवृत्ति हुनेछ। पुरानो ऋण पनि फिर्ता पाउनबाट रा...
मेष
तपाई केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ । भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ ।
वृष
पारिवारिक सहयोग प्राप्त हुनेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मनोरञ्जन पूर्ण समय रहेको छ . कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासंग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ ।
मिथुन
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य झगडा पनि हुन सक्छ । सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनु हुनेछ । बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ ।
कर्कट
छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । पतिपत्नीमा अविश्वास बढ्ने योग छ । व्यावसायिक यात्रा सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पाइएला ।
सिंह
व्यस्त दिनको बावजुद एक परिवारसंग एक महान समय खर्च गर्नुहुनेछ । विवाहबाह्य सम्बन्धबाट टाढा रहनुहोस् । स्वास्थ्यमा समस्या आउन सक्ला र स्वास्थ्य सुरक्षा सम्बन्धी नियमहरु पालना गर्नु महत्वपूर्ण छ ।
कन्या
तपाईको प्रतिरक्षा प्रणाली बलियो बनाउनुहोस् । अधिक विचारको कारण तपाईमा नकारात्मकता महसुस गर्नुहुनेछ । तपाईंको शरीरमा केहि नकारात्मक परिवर्तनको कारण, तपाईंको उत्साह कम हुनेछ तर आज द्रव्यप्राप्तिको योग देखिन्छ ।
तुला
तपाई पैसासंग सम्बन्धित ठूलो लगानी बनाउनको लागी कोशिश गर्नु हुनेछ । सम्पत्तीको व्यवहार तपाईको पक्षमा हुनेछ, जस मार्फत तपाईले आफ्नो वित्तीय पक्षलाई सुदृढ पार्न समर्थन पनि प्राप्त गर्नुहुनेछ ।
वृश्चिक
जागिर परिवर्तन गर्ने चाहना अधिक तीव्र हुनेछ, तर तत्काल नतिजा प्राप्त नभएकोले नकारात्मक सोचले तपाईलाई बढी असर पार्नेछ । पार्टनरको आवश्यकताहरू बुझ्ने प्रयास गर्नुहोस् र मिठो भोजनको लागि आज मिलाउनुहोला ।
धनु
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । आम्दानीका स्रोत भने कमजोर बन्नेछन् । बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् ।
मकर
समयमा होस पुग्नाले व्यवहारमा अगाडी परिएला । आफ्नाबाटै नजिकिनु पर्ने स्थिति आउन सक्छ । भैपरी आउने खर्चले चिन्ता बढाएपनि अरु कुरामा लाभनै रहला । धेरै मिहिनेत पनि राम्रै फल प्राप्त हुनेछ ।
कुम्भ
अधिक श्रमका कारण मन र शरीरको थकान महसुस गर्न सकिन्छ । घाँटी दुख्ने वा चिसो असुविधा जस्तो हुन सक्छ । व्यापार गतिविधिहरु सामान्य रहन्छ । कार्यस्थलमा गइरहेका समस्याहरूले तपाईलाई दबाब दियता पनि सफलता मिल्नेछ ।
मीन
दाम्पत्य जीवनमा पारस्परिक समस्या आउनसक्ला । घरमा केहि अशान्तिमय वातावरण हुनेछ । आफन्तजनको नमिठो वचनले मन दुखित रहला ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)
मेष आज तपाईंको प्रयास पारिवारिक र व्यापार गतिविधिहरू सुचारु रूपमा मिलाउनको लागि हुनेछ । यसको साथसाथै धार्मिक र आध्यात्मिक गतिविधिहरूमा पनि बढ्ने प्रवृत्ति हुनेछ। पुरानो ऋण पनि फिर्ता पाउनबाट रा...
मेष तपाईंको लोकप्रियता केहि राजनीतिक मानिसहरुलाई भेटेर बढ्नेछ । यसका साथै जनसम्बन्धको क्षेत्र पनि विस्तार गरिनेछ । धार्मिक गतिविधिहरूमा तपाईंको चासो पनि बढ्नेछ । कुनै पनि सम्पत्ति सम्बन्धी ठप्प काम आज सम्पन्न ह...
मेष व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । वृष ...
मेष व्यवसायमा आज कुनै पनि नयाँ काममा समय खर्च नगर्नुहोस् । विचार गरेर मात्र धैर्यपूर्वक कार्य गर्नुहोला । आज समयको उचित प्रयोग गर्नुहोला । कर्मचारीहरुको हजुरमा पूर्ण समर्थन हुनेछ । वृष प्रेममा सुखमय हु...
मेष रोकिएका काम अगाडि बढ्लान् । मन खुशी हुने योजना बन्नेछ । नयाँ ठाउँको भ्रमण गर्ने अवसर मिल्ला । वृष आर्थिक उन्नति हुनेछ । पुरानो रकम प्राप्त हुनसक्छ । पारिवारिक तनावले भने दु:ख दिनसक्ने योग छ । मिथुन वि...
मेष विद्यार्थीहरू कुनै पनि क्यारियर सम्बन्धित समस्याको समाधान प्राप्त गरेर खुसी हुनेछन् । ग्रहको स्थान अनुकूल छ । यसैले नया कामको थालनी गर्दा राम्रो हुनेछ। तपाईंको क्षमता र सम्भाव्यता खुल्लमखुल्ला मानिसहरूमा प्रक...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...