१६ असार २०८३, मंगलबार

काठमाडौंमा बरामद भएको ‘प्लास्टिकको चामल’ प्रमाणित भएन

कात्तिक २०, २०७४
काठमाडौंमा बरामद भएको ‘प्लास्टिकको चामल’ प्रमाणित भएन

काठमाडौं, ३० असार– काठमाडौंमा भेटिएको नक्कली भनिएको चामल प्लास्टिकको नभएको प्रमाणित भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमूना परिक्षणका क्रममा उक्त चामल ‘सक्कली’ नै भएको प्रमाणित भएको हो ।

प्रहरीले प्लास्टिकबाट बनेको नक्कली चामल बिक्री गरेको भन्दै गत बुधबार काठमाडौंको सीतापाइलाबाट खुद्रा व्यापारी टंकप्रसाद शेरचनलाई पक्राउ गरेको थियो ।

उनको पसलबाट नक्कली भनेर बरामद भएको चामलको नमूना परीक्षणबाट चामक सक्कली नै भएको प्रमाणित भएको हो ।

‘सामान्य चामल भन्दा बढी चम्किलो देखिएकाले प्लास्टिकको चामल भनी बरामद गरिएको रहेछ,’ विभाग स्रोतले भन्यो, ‘परीक्षण गर्दा उक्त चामल सक्कली नै देखियो ।’ यद्यपि चामललाई पोलिस गरेर टक्लाइएको विभाग स्रोतको भनाइ छ ।

विभागले बरामद गरिएको चामलका दुईवटा नमूना परीक्षण गरेको थियो । जसमा कुनै ‘कैफियत’ नदेखिएको विभाग स्रोतको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्