
मोरङको बेलबारी नगरपालिकाका निवर्तमान मेयर ज्ञानेन्द्र सुवेदीले मेयर पदका दुई प्रतिस्पर्धीलाई एकै ठाउँमा राखेर फाटो खिचाएका छन् ।
सो तस्वीर अहिले सामाजिक संजालमा त्यो तस्वीर भाइरल भएको छ ।
एमालेले बेलबारीको मेयरमा दिल प्रसाद (डिपि) राईलाई टिकट दिएको छ भने कांग्रेसले महेन्द्र सुवेदीलाई टिकट दिएको छ ।
उनीहरूलाई दायाँ र बायाँ राखेर निवर्तमान मेयर सुवेदीले फोटो खिचाएका थिए ।
तस्वीरमा गाम्चा लगाउने महेन्द्र हुन् भने भने अर्काे साइडमा रहेको दिल प्रसाद (डिपि) हुन् ।
स्वच्छ प्रतिस्पर्धा होस् भनेर फोटो खिचाएको मेयर सुवेदीले बताएका छन् ।