१० असार २०८३, बुधबार

रोमानियाको स्मिथ एण्ड स्मिथ र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

बैशाख २५, २०७९
रोमानियाको स्मिथ एण्ड स्मिथ र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

इसेवा मनी ट्रान्सफर र रोमानियाको प्रथम मनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । 

सम्झौतासँगै रोमानियामा अध्ययन, काम तथा बसोवास गर्दै आएका नेपालीहरूले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई, स्मिथ एण्ड स्मिथका रोमानिया भरी रहेका कुनै पनि शाखाबाट सिधै  नेपालमा सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा पठाउन सक्नेछन् । 

साथै देशभरी ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इसेवा वालेटमा समेत तुरुन्तै रकम पठाउन सकिन्छ । यसैगरि रोमानियाको स्मिथ एण्ड स्मिथबाट आएको रेमिट्यान्स नेपालभर रहेका इसेवा मनि ट्रान्सफरका १८ हजार भन्दा धेरै एजेण्ट/नेटवर्कको सञ्जालबाट समेत तुरुन्तै प्राप्त गर्न सकिनेछ  ।

इसेवा वालेटमा रेमिट्यान्स् पठाउँदा अतिरिक्त रु. ७७ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ । हाल इसेवा मनी ट्रान्सफरको ’रेमिटोत्सव’ योजना चलिरहेको हुनाले स्मिथ एण्ड स्मिथबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपाल पैसा पठाउँदा दैनिक ५ हजार रुपैयाँ तथा बम्परमा  ५० हजार रुपैयाँ समेत जित्न सकिनेछ ।

रेमिट्यान्स् भुक्तानी सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र स्मिथ एण्ड स्मिथबाट प्रशासक जर्जेटा पोक्नेजले हस्ताक्षर गरेका थिए । 

सम्झौता बारे बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमु कार्यकारी अधिकृत (सीईओ) अजेस कोइरालाले भने, “रोमानियामा पहिला देखि नै नेपालीहरु अध्ययन, काम र बसोबास गर्दै आएका छन् र यस सम्झौता मार्फत हामी उनीहरुलाई डिजिटल माध्यमबाट नेपाल पैसा पठाउन सहज बनाउन चाहान्छौँ ।’ 

स्मिथ एण्ड स्मिथ, सन् १९९९ मा स्थापना भएको रोमानियाकै पहिलो मनी ट्रान्सफर कम्पनी हो भने यसलाई सन् २०११ मा रोमानियाको राष्ट्रिय बैंकले पेमेन्ट इन्स्टिट्युसनको मान्यता प्रदान गरेको थियो ।

यस कम्पनीले विगत २० वर्ष देखि आफ्ना ग्राहकहरुलाई १०० भन्दा बढी शाखा मार्फत सस्तो र शुलभ दरमा छिटो र भरपर्दो मनी ट्रान्सफर सेवा प्रदान गर्दै आइ रहेको छ । 

मल्डोभामा समेत आफ्नो सेवा विस्तार गरिसकेको यस कम्पनी सन् २००७ देखि मनिग्राम जस्तो संसारकै अग्रणी मनी ट्रान्सफर सेवा प्रदायकको एजेण्ट समेत रहेको छ ।

इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६० भन्दा बढी बैक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्