काठमाडौं, ३० असार –चीनले नेपालको इन्टरनेटमा भारतीय एकाधिकार अन्त्य हुन लागेको दावी गरेको छ । चिनीयाँ सरकारी समाचार संस्था पीपल्स डेली चाइनाले आगामी अगस्टदेखि नेपालको इन्टरनेट सेवामा भारतीय एकाधिकार अन्त्य हुने बताएको हो । आगामी अगस्टसम्ममा चीनीयाँ अप्टिकल फाइवर विच्याईसक्ने नेपाली सञ्चारमाध्यमको समाचारलाई उदृध गर्दै डेलीले उक्त दावी गरेको हो ।
‘भारतीय सेवाको एकाधिकार अन्त्य गर्दै नेपालमा आगामी अगष्टदेखि चिनीयाँ अप्टिकल फाइबरमार्फत इन्टरनेट जडान सम्भव हुनेछ’, पीपल्स डेलिले भनेको छ ।