नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका असन्तुष्ट पक्षले नेपाल कम्युनिष्ट पार्टी (बहुमत) पार्टी गठन गरेका छन् ।
धर्मेन्द्र बास्तोला पक्षले चितवनमा विशेष राष्ट्रिय भेला गर्दै नयाँ पार्टी गठन गरेको हो ।
सो भेलाले गरेको निर्णयहरू सोमवार काठमाडौं पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ ।