×

NMB BANK
NIC ASIA

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट निर्वाचन सुरक्षार्थ देशभर परिचालित हुन निर्देशन

बैशाख २६, २०७९

NTC
Premier Steels

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट वैशाख २६ गते निर्वाचन सुरक्षार्थ देशभर खटिएका सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीलाई आसन्न स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका छन् ।

Muktinath Bank

उनले निर्वाचन सुरक्षामा खटिएका राष्ट्रसेवकले कार्यक्षेत्रमा देखाएको उत्साहपूर्ण परिचालनको प्रशंसा गर्दै निर्वाचनमा खटिएका सशस्त्र प्रहरी कर्मचारीको बन्दोवस्ती एवं राशन व्यवस्थापन, स्वास्थ्य, अनुशासन, पेशागत दक्षता प्रदर्शन, सीमा सुरक्षामा परिचालन, चोरीतस्करी नियन्त्रण लगायतका जिम्मेवारीका क्षेत्रमा परिचालित भई सम्पादन गरेका कार्यको सूक्ष्म रूपमा अनुगमन गर्ने गरी प्रधान कार्यालयबाट अनुगमन टोली समेत परिचालन गरिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षा प्रयोजनका लागि उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी नेपाल सरकारबाट प्राप्त नीति निर्देशनलाई पालना गर्दै विभिन्न निकायसँग समन्वय र सहकार्य गरी आर्थिक अनुशासनमा रहेर मानवअधिकारको सम्मान गर्दै जिम्मेवारी निर्वाहमा क्रियाशील रहन निर्देशन दिए ।


Advertisment
Nabil box
Kumari

लैंगिक हिंसा र गैरव्यावसायिक कार्यमा संलग्न रहने सशस्त्र प्रहरी कर्मचारीलाई कारबाही गरिने समेत उनले बताए ।

Vianet communication

उनले निर्वाचन क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई निर्वाचन सुरक्षा, आचारण संहिता र पदयी आचरणमा रही अनुशासन, इमान्दारिता र लगनशील भई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिँदै सुरक्षा क्षेत्रमा परिचालन हुँदा सशस्त्र प्रहरी कर्मचारीले आफूले गरेका गतिविधिलाई सामाजिक सञ्जालमा शेयर तथा पोस्ट गर्न नहुने कुरा समेत बताए ।

कमाण्डर तहका अधिकृतले विभिन्न सुरक्षा निकायका प्रमुखसँग समन्वय र सहकार्य गरी सबै निर्वाचन क्षेत्रहरूमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन निर्देशन दिँदै सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले भने, ‘जस्तोसुकै चुनौतीभित्र अवसर पनि अवश्य लुकेको हुन्छ, सामना गर्न सक्नुपर्छ ।’

कार्यक्रम लाइभ भिडियो स्ट्रिमिङ तथा सशस्त्र प्रहरी बल नेपालको सञ्चारमार्फत सम्पूर्ण इकाईमा हेर्ने र सुन्ने व्यवस्था मिलाइएको थियो । 

आसन्न स्थानीय तह निर्वाचन २०७९ लाई भयरहित वातावरणमा शान्तिपूर्वक सम्पन्न गराउन देशभर परिचालित भएका सशस्त्र प्रहरीहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरी व्यावसायिक र चुस्तदुरुस्त रूपमा जिम्मेवारी निर्वाहमा क्रियाशील गराउन सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा वैशाख २५ गते सबै प्रदेशमा १/१ टोली परिचालन गरेको छ । 

कायममुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरू कमलप्रसाद तिउसिना गण्डकी प्रदेश, किरण बस्नेत १ नम्बर प्रदेश, उद्धवबहादुर न्यौपाने मधेश प्रदेश, राजेन्द्र खड्का सुदूपश्चिम प्रदेश, युवराज अर्याल लुम्बिनी प्रदेश, सशस्त्र प्रहरी उपरीक्षकहरू टोपबहादुर खनाल बाग्मती प्रदेश र अच्युतकुमार मजगैयाँ कर्णाली प्रदेशमा विशेष जिम्मेवारीका साथ निर्वाचन लक्षित सुरक्षाका लागि खटिएका छन् । 

सो टोली प्रदेशस्थित सम्बन्धित विभिन्न कार्यालय तथा व्यक्तिसँग समन्वय राखी निर्वाचनमा परिचालित सशस्त्र प्रहरी जनशक्तिलाई उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटाई आवश्यक निर्देशन दिनुको साथै कार्यक्षेत्रमा भैपरी आउने समस्या तथा चुनौतीलाई पन्छाउँदै शान्तिपूर्वक निर्वाचन सम्पन्न गरी फिर्ता हुनेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x