०५ साउन २०८३, मंगलबार

पशुपतिले दिए कमल थापालाई यस्तो चुनौती

कात्तिक २०, २०७४
पशुपतिले दिए कमल थापालाई यस्तो चुनौती
काठमाडौँ, ३० असार - राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले पार्टी नेतृत्वले प्रजातान्त्रिक व्यवहारलाई अवलम्बन नगरेमा पार्टी एकतामा चुनौती रहने औँल्याएका छन् ।Pasupati-Samser-rana
यहाँ आज आयोजित कार्यकर्ता भेलामा उनले पार्टीको केन्द्रीय कार्य समितिको बैठक बोलाइएका अवस्थामा अध्यक्ष कमल थापाले एकपक्षीय रुपमा केन्द्रीय सदस्य मनोनयन गरेकामा त्यसलाई सच्याउन माग गरे ।

मुलुकमा विद्यमान समस्या समाधान गरी मधेस केन्द्रित दललाई सहमति र विश्वासमा लिएर चुनावमा जानुपर्ने बताउँदै उनले संविधान संशोधनको प्रस्ताव परिमार्जन भएपछि त्यसको पक्षमा रहने निर्णय पार्टीले गरिसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गराउनुपर्नेमा जोड दिए ।

पार्टीको एकता महधिवेशन सम्पन्न भएको चार महिनासम्म निर्देशक समिति गठन गर्न नसकेका कारण आन्तरिक विवाद चुलिएको छ । पार्टीभित्र केन्द्रीय नेतृत्वलाई नियमन तथा सुझाव दिने उद्देश्यले तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरणका समयमा सो समिति गठन गर्नका लागि विधानमा व्यवस्था गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्